कोरोना अपडेट : थपिए १७ सय ३६ संक्रमित, ११ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख ७ गते १७:४१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ५५ जनाको पीसीआर तथा ६ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १ हजार ६ सय ६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् ।

त्यस्तै सोहि अवधिमा २ सय ५१ जना निको भइ डिस्चार्ज भएको छन् । योसँगै नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा हाल ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया