बिहीबार, वैशाख २०, २०८१

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै

नेपालखोज २०७८ वैशाख ७ गते १८:२६

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन (हिउँदे अधिवेशन) आज (मंगलबार) राति १२ बजेदेखि अन्त्य हुँदै छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्यसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । गतको माघ २६ गते सुरु भएको यो अधिवेशनअन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो ।

सातौँ अधिवेशनमा प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ ।

प्रतिक्रिया