शुक्रबार, वैशाख १४, २०८१

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

नेपालखोज २०७७ वैशाख २६ गते २०:२३

कैलाली । कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छिन् ।
अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन् । उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ ।

अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताए। अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिए। उनको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन् ।

प्रतिक्रिया