विद्रोहीसँगको भिडन्तमा चाडका राष्ट्रपतिको मृत्यु

अफ्रिका । विद्रोहीसँगको भिडन्तमा झडपमा घाइते भएका अफ्रिकी देश चाडका राष्ट्रपति इद्रिस डेबीको ज्यान गएको छ ।
भिडन्तकै क्रममा रहेको सेनालाई हौसला दिन हिजो लिवियासँगको उत्तरी सीमा क्षेत्रमा पुगेका राष्ट्रपती डेबी विद्रोहीको गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा आज ज्यान गएको बीबीसीले जनाएको छ ।
सेनाका प्रवक्ता आजम बर्मान्डोआले देशका सर्वोच्च कमान्डर डेबीले देशको सार्वभौमसत्ता रक्षाको शिलशिलामा अमरत्व प्राप्त गरेको जानकारी दिएको खबरमा उल्लेख छ । डेबीका छोरा जनरल महमत काकालाई १८ महिनाको लागि अन्तरिम राष्ट्र प्रमुख घोषणा गरिएको छ ।
सन् १९९० मा सैन्य ुकुु मार्फत सत्ता हातमा लिएका डेबी यसै महिनाको सुरुमा ८० प्रतिशत मतसहित छैटौँ कार्याकालको लागि निर्वाचित भएका थिए । चुनावको एक दिनपछि नै विद्रोहीले चाडको सीमा क्षेत्रमा भीषण आक्रमण गरेको थियो ।
अहिलेसम्मकै ठूलो मध्येको एक मानिएको भिडन्तमा तीन सय जना विद्रोही मारिएको र एक सय ५० जना पक्राउ परेका सेनाका प्रवक्ताले जनाएका खबरमा उल्लेख छ ।
प्रतिक्रिया