रुसी खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

नेपालखोज २०७८ वैशाख ७ गते २०:१४

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको रुसी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो ।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपत्कालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ ।

प्रतिक्रिया