कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै
नेपालखोज
२०७८ वैशाख ८ गते ९:३२

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ । बैठक केहीबेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने उनले बताए । कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेपछि शीर्ष नेताहरू आज छलफलमा जुट्न लागेका हुन् ।
गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको थियो। जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको छ । यसअघि उक्त म्याद चैत मसान्तसम्म मात्रै थियो ।
सम्बन्धित

प्रतिक्रिया