शुक्रबार, असार ६, २०८२

नेपालकै अयोध्यापुरीमा सीता-रामको मूर्ति प्रतिस्थापन गरिँदै

नेपालखोज २०७८ वैशाख ८ गते ९:४७

काठमाडौं । चितवनको माडीस्थित अयोध्यापुरीमा आज सीतारामको मूर्ति प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज त्यसतर्फ लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो (मंंगलबार) बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो ।

श्रीरामनवमीका दिन आज बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढेको थियो ।

आजै दिउँसो साढे १२ बजे मूर्ति प्रतिस्थापन साइत रहेको छ । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ।

प्रतिक्रिया