सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजालसमा

नेपालखोज २०७८ वैशाख ८ गते १२:११


काठमाण्डौ । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।

इजलासमा प्रधानन्यायाधीश जबरासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।

अर्जुनकी श्रीमती पूर्णीमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन्।सुरुमा प्रहरीले जाहेरी लिन नमानेपछि पूर्णीमायाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

अदालतको आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लगायत अरु ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता भएको थियो । यो मुद्दामा पटक पटक पेसी चढे पनि हेर्न नभ्याइने भन्दै स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया