शुक्रबार, वैशाख १४, २०८१

नयाँ बानेश्‍वरमा मोडलिङ एजेन्सी

नेपालखोज २०७८ वैशाख ८ गते १२:४०

काठमाडौं । राजधानीमा फेसन तथा मोडलिङका गतिविधिहरु बढेसँगै यो क्षेत्रमा विस्तारै व्यासायिकता पनि बढ्दै गएको देखिन्छ ।

यसैबीच काठमाडौंको नयाँ बानेश्वरमा फोकस फेसन हाउस नामक नयाँ मोडलिङ एजेन्सी सञ्‍चालनमा आएको छ । एजेन्सीको शुभारम्भ वरिष्ठ रंग पत्रकार विदुर गिरीले रिबन काटेर शुभारम्भ गरेका हुन् ।

फेसन हाउसको रंग पत्रकार गिरीसहित मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिक श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउने, मोडलिङको व्यावसायिकतामा सहयोगि बन्नुका साथै फेसन तथा मोडलिङ इभेन्ट, सौन्दर्य प्रतियोगिताको आयोजना, म्युजिक भिडियो, वेब सिरिज, विज्ञापनको निर्माणसँगै मोडल फोटो सुट गर्ने उद्देश्यसहित शुभारम्भ गरिएको एजेन्सीलाई यसै क्षेत्रमा अनुभव बोकेका आर्दश शर्मा, रक्की महर्जन, एलिना क्षेत्री र सिर्जना गुरुङलगायतले स्थापना गरेका हुन् ।

निकट भविष्यमै एउटा स्तरीय इभेन्टको साथमा फेसन, मोडलिङ तथा ब्युटी पेजेन्टको क्षेत्रमा प्रवेश गर्ने योजना रहेको एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया