सोमबार, वैशाख २४, २०८१

मनीग्रामद्वारा ई-सेवा मनी ट्रान्सफरसँग साझेदारी घोषणा

नेपालखोज २०७८ वैशाख ८ गते १३:२०

काठमाडौं । मनीग्राम इन्टरनेसनल, सीमापार पीटूपी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि संसारकै अग्रणी मानिने कम्पनीले एफवान सफ्ट ग्रुपको सहायक, इसेवामनी ट्रान्सफर, नेपालको छिटो उदयीमान “पहिले डिजिटल” रेमिट्यान्स कम्पनीसंग साझेदारीको घोषणा गरेको छ ।

यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा ई-सेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने ई-सेवा वालेट पनि सुरुवातको तयारीमा छ ।

सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ । नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका ई-सेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी ई-सेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि विशाल कोसेढुंगा हुनेछ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागि संसारकै उच्च प्राप्तकर्ताहरुमध्ये एक हो । सन् २०१९ मा मात्र८.२५ विलियन अमेरिकी डलरबराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्छन्, ‘यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्द्रित क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागि हामी उत्साहित छौं । वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी ई-सेवासँग साझेदार भई लाखौं गैरनिवासी नेपालीहरुलाई सहजरुपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहजरुपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं ।’

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनीग्राम र ई-सेवाको साझेदारीबाट, संसारभरबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुवैलाई झन्झटमुक्त अनुभव सुनिश्चित गर्छ ।

ई-सेवाको मूल कम्पनी, एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्‍वास ढकाल भन्छन्, “मनीग्रामसँग नयाँ सहकार्यका लागि हामी अत्यन्त उत्साही छौं । मनीग्रामसँगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ । मनीग्राम महत्त्वपूर्ण साझेदार हो, र यो साझेदारीले सीमापार रेमिट्यान्स डिजिटलकरणका लागि हाम्रो प्रतिबद्धताको उदाहरण दिन्छ ।

प्रतिक्रिया