बिहीबार, वैशाख ६, २०८१

राष्ट्र बैंकद्वारा पुुनः २४ अर्ब ७४ करोडको ट्रेजरी आव्हान

नेपालखोज २०८० वैशाख ३१ गते १३:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २४ अर्ब ७४ करोड ५० लाखको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने जेठ दुई गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको नौं अर्ब ८५ करोड ५० लाख र तीन सय ६४ दिने अवधिको एक अर्ब ८९ करोड बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० जेठ ३० गते, २०८० साउन ३० गते, २०८० कात्र्तिक २८ गते र २०८१ जेठ एक गते तोकिएका छन् । यि ट्रेजरी बिलहरमा १८ अर्ब ७४ करोड ५० लाख बराबरको ट्रेजरी बिल पुरानो नविकरण अन्तर्गतको रहेको छ भने बँकी छ अर्ब नयाँ रहेको छ ।

यसअघि यही बैशाख २५ गते पनि राष्ट्र बैकले ३० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया