कोरोना अपडेट : थपिए २३ सय ५१ संक्रमित, २८७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज २ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८४४ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २२० जनामा र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ जना पुगेको छ । आज देशभर ८६ जना क्वारेन्टाइनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार संस्थागत आइसोलेसनमा ८३६ जना र होम आइसोलेसनमा ९ हजार ७४६ जना रहेका छन् ।
त्यसैगरी गत २४ घण्टामा २८७ जना कोरोनामुक्त भएका छन् ।कोभिड १९ संक्रमित भइ आइसियुमा रहेका १८० जनामध्ये ४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया