बिहीबार, वैशाख १३, २०८१

प्याट्रियोटिक सेमिफाइनलमा

नेपालखोज २०७८ वैशाख ८ गते १६:४८

काठमाडौं । एभरफन एन्जल्स हार्ट यू-१३ छात्र जुनियर क्रिकेट लिग-२ को अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सो समूहबाट नेक्सस उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । प्याट्रियोटिक र नेक्ससले समान २ खेल जिते पनि रनरेटका आधारमा प्याट्रियोटिक समूह विजेता बन्यो ।

एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट माविद्वारा संयुक्त आयोजित प्रतियोगितामा एन्जल्स बी ९द्यभभ० ले प्याट्रियोटिकलाई ८ विकेटले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गरेको प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रन जोड्यो । सक्षम अर्यालले ३५ तथा हिमांशु गिरीले ३१ रन जोडे ।

जवाफमा एन्जल्स बीले १३.३ ओभरमा २ विकेट क्षतिमा आवश्यक ११३ रन जोड्यो । निशान गुरुङले ६४ तथा पुन्जल घिमिरेले २२ स्कोर गरे । निशान ‘म्यान अफ द म्याच’ घोषित भए । उनले २ विकेट पनि हात पारे ।

योसँगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा प्याट्रियोटिकको भेट जीएचसीए ‘बी’ सँग हुनेछ भने नेक्ससले ओसिसविरुद्ध खेल्नेछ । दुवै सेमिफाइनल बिहीबार हुनेछ ।

प्रतिक्रिया