बिहीबार, वैशाख १३, २०८१

एकता जोगाउन प्रधानमन्त्री ओलीलाई योगेश भट्टराईको आग्रह

नेपालखोज २०७८ वैशाख ८ गते १७:२६

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एकता जोगाउन आग्रह गरेका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनले पार्टी एकता जोगाउनका लागि आग्रह गरेका हुन् । नेपाल समूहले पार्टीमा समानन्तर गतिविधि जारी राखेका बेला नेता भट्टराइले अध्यक्ष ओलीलाई भेटेर एमालेलाई एकताबद्ध बनाउने हिसाबले भूमिका खेल्न सुझाएका हुन् ।

उनको आग्रहमा ओलीले आफ्नो तर्फबाट एकता जोगाउन भूमिका खेल्ने बताउँदै सँगै काम गर्न आउन आग्रह गरेका छन् । पार्टीले ३२ सांसदलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण सोधेपछि नेता भट्टराई बालुवाटार पुगेका हुन् ।

भट्टराई यसअघि ओली नेतृत्वको क्याविनेटमा पर्यटन मन्त्रीको भूमिकामा थिए । प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघठनको निर्णय गरेपछि भट्टराईलगायत केही मन्त्रिले राजीनामा दिएका थिए ।

प्रतिक्रिया