बिहीबार, वैशाख १३, २०८१

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट: फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०७८ वैशाख ८ गते १८:००

काठमाडौं । नेपाल र नेदरल्यान्ड्स त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको पाँचौ खेलमा बुधबार मलेसियाले नेदरल्यान्ड्ससँग डिएल पद्धतीमा बराबरी खेल्दै अंक बाँडेपछि नेपालले एक खेल अगाबै फाइनलको यात्रा तय गरेको हो ।

अंक तालिकामा नेदरल्यान्ड्स पहिलो स्थानमा छ । उसले ४ खेलमा २ जित र १ बराबरीसँगै ५ अंक बटुलेको हो । यो नतिजाले मलेसिया भने प्रतियोगिताको लिग चरणबाटै बाहिरीएको छ । मलेसियाले ३ खेलमा २ हार र १ बराबरीसँगै १ अंक मात्र बटुलेको छ । मलेसियाले अझै नेपालसँग खेल्न बाँकी रहेको छ ।

त्यो खेलमा मलेसियाले बाजी मारेपनि उसको मात्र ३ अंक पुग्ने हुँदा नेपालले यो खेल अगाबै फाइनलमा स्थान बनाएको हो । नेपालले ३ खेलमा २ मा जित र १ मा हारसँगै ४ अंक जोडेको छ ।

नेट रनरेटमा पनि नेपाल बलियो छ । बिहीबार मलेसियासँग हुने प्रतिस्पर्धामा हार, जित या बराबरीले नेपाललाई खासै फरक नपर्ने देखीएको छ ।
बुधबार वर्षाले प्रभावित खेलको सुरुमा नेदरल्यान्ड्सले ब्याटिङ गर्दा खेललाई १३ ओभरमा छोट्याइएको थियो । नेदरल्यान्ड्सले १२ दशमलब ५ ओभरमा ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेललाई १३ ओभरमा छोट्याउँदा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । डीएल पद्दतिको आधारमा सुरुमा मलेसियालाई जितका लागि १ सय २० रनको लक्ष्य दिइएपनि पछि १० ओभरमा खेल झारेर ९२ रनको लक्ष्य दिइएको थियो ।

सुरुमा १ सय २० रनको लक्ष्य सहित मैदानमा उत्रिएको मलेसियाले ६ ओभरमा विना कुनै विकेटको क्षतीमा ५६ रन बनाउँदा फेरी पानी पर्न थालेपछि खेललाई १०) ओभरमा झारेर लक्ष्यपनि ९२ रनको दिइएको थियो । मलेसियाका सहिद अजिजले ३० रनको योगदान दिँदा अनवर अरुद्दिन २३ रनमा नेदरल्याण्ड्सका बलर सेवास्तियन ब्रतको बलमा शिकार भए । भिरनदीप सिंहले १४ रन जोड्दा अमिनुद्दिन राम्लेले ९ रन मात्र बनाउन सके ।


यसअघि , त्रिवी क्रिकेट मैदानमा १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान पिटर सेलारले ३७ रन जोडेका थिए । एन्टोनीयस स्टाल १० रनमा अविजित रहदा टोबीआस भिसी र बास डी लिडी रनको खाता नखोली आउट भए ।

प्रतिक्रिया