बिहीबार, चैत १५, २०८०

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

नेपालखोज २०७८ वैशाख ८ गते १९:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली र नेता नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।

उनिहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा विचार, विमर्श सुरु भएको हो । गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उहाँहरूबीच संवाद हुन सकेको थिएन ।

मङ्गलवार (हिजो) प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेपछि बुधवार (आज) नेता नेपालले ओलीलाई भेटेका हुन् ।

प्रतिक्रिया