एनआरएनए फाउन्डेसनको स्थापना
नेपालखोज
२०७८ वैशाख ९ गते ३:००

काठमाडौं । गैरआवासीय नेपाली संघले थप परोपकारी गतिविधि सञ्चालन गर्न एनआरएनए फाउन्डेसन स्थापना गरिएको छ ।
संघका अध्यक्ष कुमार पन्तकाअनुसार फाउन्डेसनको प्रस्तावित अध्यक्षमा जीवा लामिछाने रहेका छन् । भने लीलामणि पौड्याल, कुलचन्द्र गौतम, मनीषा कोइरालाआदि यस अभियानमा जोडिएका छन।
विश्वभर फैलिएका नेपालीहरुले गर्ने परोपकारी कार्यलाई एकीकृत, अझ प्रभावकारी एवं पारदर्शी बनाउने उद्देश्यले छुट्टै फाउन्डेसन स्थापना गरिएको अध्यक्ष पन्तले बताएका छन ।
फाउन्डेसनमार्फत् संघले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारक जीर्णोद्धार, कला, संगीतआदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास तथा गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने कुरको जानकारि पनि पन्तले दिएका छन्।
सम्बन्धित

प्रतिक्रिया