शुक्रबार, वैशाख ७, २०८१

प्रदेश २ को नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता

नेपालखोज २०७८ वैशाख ९ गते ६:४४

काठमाडौं । प्रदेश २ को नाम जानकी र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै नेकपा एमालेले प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि एमालेले प्रदेशको नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको प्रदेश २ एमाले संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए । जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई राजधानी प्रस्ताव गरिएको छ ।

यसअघि २०७६ सालमा पहिलो पटक प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रक्रिया शुरु गर्दा एमालेसहितको तत्कालीन नेकपाले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता गराएको थियो ।

प्रतिक्रिया