एक कर्मचारीमा कोरोना भएपछि नगरपालिकाको कार्यालय नै बन्द

नेपालखोज २०७८ वैशाख ९ गते ७:२२

पर्वत । कर्मचारीमा कोरोना भएपछि पर्वतको कुस्मा नगरपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको छ ।

एन्टिजिन परीक्षण गर्दा एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट सम्पादन हुने सम्पुर्ण काम-कारबाही आज (बिहीबार) देखि वैशाख १५ गतेसम्म बन्द गरिएको हो ।

स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन, दमकललगायत अत्यावश्यक सेवाहरूबाहेक अन्य सबै सेवा बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया