काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा झरी

नेपालखोज २०७८ वैशाख ९ गते ८:२७

काठमाडौं । काठमाडौंलगायत देशभरका विभिन्न क्षेत्रमा रातिदेखि झरी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा झरी परिरहेको हो । अन्य क्षेत्रमा भने सामान्य बदली छ ।

विभागका अनुसार वर्षा हुने क्रम विस्तारै वाग्मती प्रदेशबाट प्रदेश १ तर्फ गइरहेको छ । आजदिनभर पानी पर्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज रातिबाट मौसम खुल्दै गए पनि दिउँसो देशभर सामान्य बदली हुनेछ ।

प्रतिक्रिया