हिमपातपछि मनमोहक डोल्पा ! (फोटो फिचर)
नेपालखोज
२०७८ वैशाख ९ गते १४:२५

डोल्पा । रातभरको झरीपछि डोल्पाको आकाश अहिले खुलेको छ । हिमालहरु यतिबेला सेताम्मे भएका छन् । वातावरण मनमोहक देखिएको छ । उसो त उच्च हिमाली जिल्लाहरुमा हिमपात भएसँगै किसानहरु भने खुसी भएका छन् । वैशाखमै हिमपात भएपछि खेती सप्रने किसानहरुको विश्वास छ ।
पुस, माघ र फागुनमा हुने हिमपात वैशाखमै भएपछि खनजोतका लागि पनि सहज हुने भन्दै किसानहरु हर्षित भएका हुन् । हिमपातसँगै त्यस क्षेत्रमा चिसो पनि बढेको छ ।
हेरौं वर्षापछि हिमपातले सेताम्मे बनेको डोल्पाका थप तस्बिर :




तस्बिर सौजन्य : माधव ढकाल
सम्बन्धित

प्रतिक्रिया