शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि…

नेपालखोज २०७८ वैशाख ९ गते १५:३५

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उनकै पार्टी नेकपा एमालेकी कार्यकर्ता बालिका खड्काले तथानाम गालीगलौज गरेकी छन् ।

आज (विहिबार) बिहान थापाथलीस्थित नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय भवनको उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालगायत प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए । त्यतिकैमा बालिका खड्का मुख्यमन्त्री शेरधन राईविरुद्ध गालीगलौजमा उत्रिइन् । मुख्यमन्त्री राईबाट आफू बतात्कृत भएको बताउने बालिका खड्काले राईलाई भेटे खुकुरीले हानेर मार्नेसम्मको धम्की दिएकी छन् ।

उनले मुख्यमन्त्री राईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे यतिबेला विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । बोल्दा उनले शब्द चयन गर्न नसकेको भएपनि उनी पिडामा रहको हुन सक्ने आवाजहरु उठ्न थालेका छन् । सामाजिक सञ्जालमा सत्यतथ्य कुरा बाहिर ल्याउनु पर्ने आवाज पनि आउन थालेको छ ।

मुख्यमन्त्री राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको हो । नयाँ कार्यालयमा आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’ लगायतका अपशब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।

मुख्यमन्त्री राईलाई गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरको प्रहरीले जनाएको छ । खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ । मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद चल्दै आएको छ । खड्काले राईलाई यौनशोषण गरेको आरोप लगाउँदै आएकी छन् ।

प्रतिक्रिया