कोरोना अपडेट : ५ जनाको मृत्यु, २४ सय २८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरबाट १० हजार १ जनाको पीसीआर विधिबाट र ४४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप २ सय ५२ जना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७६ हजार ३४५ पुगको मन्त्रालयले जनाएको छ । हाल नेपालमा हाल १२ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ११७ पुगेको छ ।

प्रतिक्रिया