शुक्रबार, असार २०, २०८२

नौ महिनामै दोब्बर राजश्व सङ्कलन

नेपालखोज २०७८ वैशाख १० गते ७:४५

कैलाली । जिल्लाको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको हो ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु आठ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

चैत मसान्तसम्म रु नौ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा रु १३ करोड १६ लाख राजश्व सङ्कलन भएको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया