‘सामान्य लक्षण भएका संक्रमित घरमै निको हुन सक्छन्’

काठमाडौं । अस्पतालमा ठाउँ छैन मात्र होईन जोखिम पनि उत्तिकै छ । हाम्रो देशमा डाक्टरहरुको कमी त छ नै राम्रो स्वास्थ्यउपचारको व्यपस्था पनि छैन । कोरोना महामारी दोेस्रो लहरमा वढेका बेला पनि औषधिको आपूर्तिमा समस्या कायमै छ । यस्तो स्थितिमा कोरोनाको सामान्य लक्षण हुनेले अस्पताल धाउनु भन्दा विशेष सावधानी अपनाउँदै घरमै आइसोलेट भएर स्वास्थ लाभ गर्न सक्छन् ।
स्वयं चिकित्सक तथा अस्पतालले मात्रै होइन सरकारले पनि गम्भिर बिमारीलाई मात्र अस्पताल भर्ना हुन आग्रह गरिरहेका छन् । कोरोना भाइरसको सामान्य लक्षण हुनेलाई खतरा पनि कमै हुन्छ । त्यसैले चिकित्सकको सल्लाह बमोजिम घरमै आइसोलेट भएर पनि कोरोनामाथि विजय प्राप्त गर्न सकिन्छ ।
होम आइसोलेशनका क्रममा अपनाउनुपर्ने सावधानी
कोरोनासम्बन्धी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाल सरकार तथा स्वास्थ्यसम्बन्धी काम गरिरहेका निकायहरुले तयार गरेको निर्देशिकाको अध्ययन गर्न जरुरी छ ।
संक्रमित भएदेखि दुई साता अर्थात १४ दिन घरमै आइसोलेट हुनुपर्छ ।
घरबाहिर निस्कनु परे अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नुपर्छ ।
चिकित्सकलाई आफ्नो स्वास्थ्यस्थितिका बारेमा सबै जानकारी दिनुपर्छ ।
होम आइसोलेशनमा रहँदा कुनै पनि लापरवाही गर्नु हुँदैन । यदि थोरै पनि लापरवाही गरियो भने परिवारका सदस्यसमेत जोखिममा पर्छन् ।
घरमै बसे पनि औषधीचाहिँ चिकित्सकको सल्लाह बमोजिम प्रयोग गर्नु उपयुुक्त हुन्छ ।
खानपान तथा जिवनशैलीमा विशेष ध्यान पुर्याउनुपर्छ । यदि होम आइसोलेशनमा सबै निर्देशिकाहरु गम्भीरतापूर्बक पालना गर्ने हो भने चाँडै निको हुन सकिन्छ ।
होम आइसोलेशनमा रहँदा नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्छ । कुनै गम्भिर समस्या वा लक्षण देखा परे तत्काल खबर गर्नुपर्छ ।
बिमारीले प्रयोग गरेका कोठाभित्रैका कुर्सीटेवुल, लुगाकपडा, भाडाँकुडाँ अरुलाई छुन दिन हुदैँन ।
संक्रमितको शौचालय पनि अलगै हुनुपर्छ । कुनै कारण विरामीको नजिक गइहाले साबुनपानीले सफा हुने गरि हात धनुका साथै अन्य सावधानी पनि अपनाउनुपर्छ ।
पोषणयुक्त स्वस्थकर खाना खानुपर्छ ।
साधरणतयाः होम आइसोलेशनमा बस्न ब्यक्तिगत कोठा (एटेज बाथरुमसहितको) अनिवार्रय हुन्छ ।

प्रतिक्रिया