पशुपतिमा आजदेखि सर्वसाधारणले दर्शन गर्न नपाउने
नेपालखोज
२०७८ वैशाख १० गते ८:४७

काठमाडौं । पशुपतिनाथसहितका मन्दिरमा सर्वसाधारणलाई पुजा र दर्शनमा रोक लगाइएको छ ।
कोभिड–१९ महामारीको जोखिम बढ्दै गएपछि आज (शुक्राबार) देखि लागू हुने गरी पशुपतिनाथ सहितका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको हो ।
पशुपति क्षेत्र विकास कोषले बिहीबार जरूरी सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मको लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको जनाएको हो ।
कोषका कोषाध्यक्ष डा.मिलन कुमार थापा द्वारा जारी सूचनामा भनिएको छ, ‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएकोसम्मको लागि मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको छ ।’
सम्बन्धित

प्रतिक्रिया