पुनर्निर्माणपछिको लाप्राक एकीकृत बस्ती (फोटोफिचर)
नेपालखोज
२०७८ वैशाख १० गते ९:४७
गोरखा । भूकम्पपछिको पुनर्निर्माणपछि गोरखाको धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्ती निकै सुन्दर देखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो ।
प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।
हिजो (विहीबार) मात्रै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र एनआरएनएका अध्यक्ष कुमार पन्तले लाप्राकमा आयोजित कार्यक्रममा एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर संयुक्त रुपमा घर हस्तान्तरण गरेका थिए ।





सम्बन्धित
प्रतिक्रिया