कोरोना संक्रमित महिलाको आइसीयुमै मृत्यु
नेपालखोज
२०७८ वैशाख १० गते ११:१०

चितवन । चितवन मेडिकल कलेजमा आईसीयुमा उपचाररत कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेकी छन् ।
निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।
अस्पताल भर्ना भएकी उनमा कोभिड सङ्क्रमण पुष्टि भएसँगै कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
कोभिड सघन उपचार कक्षमा उपचारकै क्रममा उनको आज बिहान ४ बजे मृत्यु भएको हो ।
सम्बन्धित

प्रतिक्रिया