माओवादी केन्द्रले राष्ट्रिय सभाका नेता चन्द्रबहादुर खड्कालाई हटायो

नेपालखोज २०७८ वैशाख १० गते १६:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका नेता चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ ।

खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

प्रतिक्रिया