सोमबार, वैशाख २४, २०८१

एभरेष्ट बैंकदरा दमौली, तनहुँमा १०३ औं शाखा उद्घाटन

नेपालखोज २०७८ वैशाख १० गते १९:२१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि दमौली, तनहुँमा आफ्नो १०३ औं शाखाको आज (शुुक्रबार) उद्घाटन गरेको छ ।

बैकुण्ठ न्यौपाने, मेयर, ब्यास नगरपालिका र राजु गौली, गण्डकी प्रदेश प्रमुख, एभरेष्ट बैंकले संयुक्तरुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेकाछन् । उक्त उद्घाटन समारोहमा पविन्द्रकुमार श्रेष्ठ, अध्यक्ष–उद्योग वाणिज्य संघ, तनहुँ, काशीराम श्रेष्ठ, अध्यक्ष वडा–०२ ब्यास नगरपालिका, पुष्पराज उप्रेती, बजार बिभाग प्रमुख एभरेष्ट बैंक साथै अन्य स्थानीय विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकले कन्टया्क्टलेस पेमेन्टलाई प्रर्वद्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्युआर कोड पनि हस्तान्तरण गरेको छ । स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइमा रहेको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेकाछन् ।

देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय, १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट, एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया