कोरोनाका कारण बाँके र रुपन्देहीमा थप ५ जनाको मृत्यु
नेपालखोज
२०७८ वैशाख ११ गते ८:४७

बाँके । कोरोना संक्रमणबाट बाँके र रुपन्देहीमा थप पाँच जनाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको छ । जसमा दुई पुरुष र दुई महिला रहेका छन् । उनिहरुको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय युवक बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको छ। योसँगै रुपन्देहीमा कोरोनाको मृत्यु हुनेको संख्या एक सय ६६ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया