हेटौंडामा भोलिदेखि जोर-बिजोर सवारी चल्ने, मास्क नलगाए कारवाही

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भोलि (आइतबार)देखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।
दोस्रो चरणमा कोरोना संक्रमणको जोखिम बढेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले मकवानपुरमा जोर बिजोर प्रणाली अपनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा बसेको बैठकले आइतबारबाट हेटौंडामा नीजि सवारी साधन, अटो, ईरिक्सा, मयुरी,म्याजिक र टेम्पोलाई जोर विजोर प्रणालीमा संचालन गर्नुपर्ने निर्णय गरेको हो ।
यस्तै, बैशाख महिनाभर प्यार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज खाने पार्कहरु पनि बन्द गर्नसम्बन्धित पक्षलाई भनिएको छ ।
यसैगरी सर्वसाधारणलाई अनिवार्य रुपमा मास्क लगाउँन आग्रह गर्दै सार्वजनिक स्थलमा मास्क नलगाउँनेलाई सङ्क्रामक रोग ऐन, २०३० बमोजिम कारवाहीको लागि प्रशासन सक्षम सिफारिस गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
प्रतिक्रिया