प्रधानमन्त्री ओलीद्वारा नवनिर्मित ऐतिहासिक धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित ऐतिहासिक धरहराको उद्घाटन गरेका छन् ।
आज आयोजित एक कार्यक्रममा उनले उद्घाटन गरेका हुन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले धरहराको २२ औँ तलामा पुगेर अवलोकनसमेत गरेका छन् । २२ औँ तलामा पुगेर उनले पुष्प वृष्टि गरेका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री बिष्णु पौडेल, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीलगायतको उपस्थिती रहेको थियो ।
२०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले नै धरहराको शिलान्यास गरेका थिए ।
६ बर्षअघि २०७२ वैशाख १२ गतेको भूकम्पमा धरहराबाट ६० जनाले ज्यान गुमाएका थिए । गोरखाको वारपाकलाई केन्द्रबिन्दु गरेर गएको भूकम्पका कारण विभिन्न जिल्लामा गरि सयौँ जनाले ज्यान गुमाएका थिए भने हजारौँ घाइते भएका थिए ।
कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन समारोहमा पत्रकार मात्र उपस्थित थिए । उद्घाटन भए पनि सर्वसाधरणको अवलोकनका लागि भने केहि समय लाग्ने बताइएको छ ।


प्रतिक्रिया