पूर्व राजा ज्ञानेन्द्र र उनकी पत्नी नर्भिक अस्पतालमा
नेपालखोज
२०७८ वैशाख ११ गते १४:११

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकाे धर्मपत्नी काेराेना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् ।
उनीहरु काेराेना संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका थिए ।
काेराेनाका कारण स्वास्थ्यमा समस्या भएपछि शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकाे निर्मल निवास श्राेतले जनाएकाे छ ।
शनिवार उनीहरु अस्पताल भर्ना भएकाे नर्भिक अस्पतालले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया