नेपालगन्जमा कोरोना संक्रमण भयावह, मेडिकल टिम पठाइदिन सरकारसँग आग्रह

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना भाइरस संक्रमण भयाभह बन्दै गएको छ । संक्रमण नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले नेपालगञ्जमा मेडिकल टिम पठाइदिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लक्षण भएका र अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने कोरोनाका बिरामीको चाप बढ्दो रहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो परेकाले केही समयका लागि केन्द्रबाट चिकित्सकको टोली (मेडिकल टिम) उपलब्ध गराइदिन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको बताए ।
नेपालगञ्जको भेरी र कोहलपुर मेडिकल कलेजमा बेड विस्तार गरेर दुई–दुई सयको बनाउने तयारी भएको छ । बेड विस्तार गर्दा चाहिने अक्सिजनसहितको सुविधा, आइसोलेसन सेन्टर स्थापना, आवश्यक जनशक्ति व्यवस्थापनलगायतका लागि संघमा १० करोड र प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरिएको छ। बाँकेका पालिकालाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।
नेपालगञ्ज उपमहानगरलाई ३ लाख, कोहलपुर नगरलाई २ लाख र अरू ६ वटा पालिकालाई एक–एक लाख सहयोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया