भूकम्प स्मृति दिवस : गोरखाको बारपाकमा सार्वजनिक बिदा, विभिन्न कार्यक्रम आयोजना

नेपालखोज २०७८ वैशाख १२ गते ७:३९

गोरखा । भूकम्प स्मृति दिवसको अवसर पारेर आज गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पको स्मृति दिवसका अवसरमा गाउँपालिकाले स्थानीय संघसंस्थासँग समन्वय गरेर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

हजारौँको ज्यान लिने गरि गएको भूकम्पको केन्द्रबिन्दु पालिकाको वडा–१ र २ मा पर्छ ।

यस्तै, गाउँपालिकाले आज पालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विद्यालयहरुमा सार्वजनिक बिदासमेत दिएको छ ।

गत चैत २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले २०७२ सालको भुकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

यसअघि नै लिगलिगकोटदेखि बारपाकसम्मको दौड, साइकल यात्रा लगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको पालिकाले कोरोना संक्रमण जोखिम बढेको भन्दै त्यो कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया