प्रधानमन्त्री ओलीले बाेलाएकाे आकस्मिक बैठक बालुवाटारमा सुरु

काठमाडौं । अविश्वासको प्रस्ताव ल्याएकाे खण्डमा त्यसकाे प्रतिरक्षा कसरी गर्ने भन्दै बालुवाटारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षकाे बैठक सुरु भएकाे छ । सरकारविरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव ल्याउने सूचना पाएपछि प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई कारबाही गर्न पार्टीको आकस्मिक बैठक बोलाएका हुन् ।
सरकारविरुद्ध कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले राति नै बैठक बोलाउन निर्देशन दिएका हुन । राति ११ बजेतिर सबै केन्द्रीय सदस्यहरुलाई एसएमएसमार्फत् बैठकको सूचना पठाइएको थियो ।
कांग्रेस र माओवादी मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने त्यसमा हाम्रा केही एमाले सांसद र उपेन्द्र यादवहरुले फ्लोर क्रस गरेर सरकार ढाल्ने सूचना पाएपछि माधव पक्षका सांसदलाइ निलम्वन गर्न र भावी रणनीति बनाउन बैठक बोलाइएको भएपनि बैठकका एजेण्डाका बारेमा भने कसैलाई पनि जानाकारी दिएको छैन । बैठक केही बेरमा बालुवाटारमा बस्दै छ ।

प्रतिक्रिया