अख्तियारले शर्मालाई भन्याे ‘एक साताभित्र उपस्थित हुनू’
नेपालखोज
२०७८ वैशाख १२ गते ११:३७

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई बैशाख १४ गतेभित्र आयोगमा उपस्थित हुन सूचना प्रकाशित गरेको छ। यही बैशाख ८ गते सूचना प्रकाशित गरी ७ दिनभित्र उपस्थित हुन सूचित गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको कर फर्च्यौट आयोग २०७१ बाट कर फर्च्यौटका लागि सम्झौता भएका बिभिन्न करदाताहरुसंग गैरकानूनी तवरबाट कर फर्च्यौट सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याई भ्रष्ट्राचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा उनलाई ७ दिने सूचना जारी गरिएको हो।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४३ बमोजिम सूचना प्रकाशित गरीएको तथा उपस्थित हुन नआएमा कानून बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।
सम्बन्धित

प्रतिक्रिया