नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई
नेपालखोज
२०७८ वैशाख १२ गते ११:४१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
शुक्रबार सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बिजय हुँदै उपाधि जितेकोमा प्रधानमन्त्री ओलीले त्यसको भोलिपल्ट नेपाली टोलीलाई बधाई दिएका हन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन् । ‘नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’

सम्बन्धित
प्रतिक्रिया