बिहीबार, वैशाख २०, २०८१

कुमारी बैंककाे नौ महिनामा एक अर्ब ८० करोड खुद मुनाफा

नेपालखोज २०७८ वैशाख १२ गते ११:४५


काठमाडौ । कुमारी बैंकले चालु आर्थिक बर्षको तेस्र्रो त्रैमासिक अवधि अर्थात नौ महिनामा एक अर्ब ८० करोड ८४ लाख ८३ हजार पाँच सय ३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब ६९ करोड ५५ लाख ८५ हजार आठ सय ५४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २९ अर्ब चार करोड १५ लाख ८५ हजार सात सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ८२ करोड ७२ लाख १४७ हजार सात सय ५९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव शुन्य नौ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा तीन दसमलव १९ प्रतिसतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ४६ लाख ४९ हजार नौ सय ६८ रुपैयाँ रहेको छ ।


गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ५५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया