पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

नेपालखोज २०७८ वैशाख १२ गते १३:०३

दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ ।

आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया