बैंक तथा फाइनान्स कम्पनीहरुकाे कर्जा रकम बढ्यो

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो आठ महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रिय स्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाईनान्स कम्पनीहरुले कुल १६ लाख एक हजार नौ सय ५८ वटा कर्जा खाता मार्फत ३८ खर्ब ५२ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
सो अवधिमा वाणिज्य बैंकहरुले मात्र भने कुल १२ लाख ४५ हजार दुई सय ५१ वटा कर्जा खाता मार्फत ३४ खर्ब ११ अर्ब ९९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरुले भने कुल तीन लाख ११ हजार एक सय ४७ वटा कर्जा खाता मार्फत तीन खर्ब ५९ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् ।
यस अवधिमा फाईनान्स कम्पनीहरुले भने कुल ४५ हजार पाँच सय ३९ वटा कर्जा खाता मार्फत ८१ अर्ब नौ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले संंकलन गरेको कुल निक्षेप रकम भने ४३ खर्ब ४५ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेको छ ।
सो मध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप ३८ खर्ब २६ अर्ब ९९ करोड ९० लाख रुपैयाँ रहेको छ, भने विकास बैंकहरुले संकलन गरेको कुल निक्षेप चार खर्ब १७ अर्ब एक करोड ८० लाख रुपैयाँ रहेको छ ।
फाईनान्स कम्पनीहरुले मात्र संकलन गरेको कुल निक्षेप भने चालु आवको पछिल्लो आठ महिनामा एक खर्ब एक अर्ब ३६ करोड ५० लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया