‘संक्रमण बढेको ठाउँमा मात्रै लकडाउन हुन्छ’

नेपालखोज २०७८ वैशाख १२ गते १३:४४

काठमाडौं । सरकारले तत्काल नै देशव्यापी लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आयोजनक कमिटी सदस्यको बैठक पछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताए ।

मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताए। उनले भने, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’

भर्खर भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा सकभर अर्थतन्त्रमा, नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस भन्ने सरकारको चाहना रहेको उनले बताए। ‘हटस्पट ठाउँहरुमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’

प्रतिक्रिया