काेराेना नियन्त्रणका लागि स्थानीय तहसँग पर्याप्त साधन नै छैन

काठमाडाैं । काेराेना संक्रमण बढ्दै गए पनि स्थानीय तहसँग काेराेनासँग लड्ने पर्याप्त साधन नै छैन । कोरोना संक्रमण दर बढिरहेकाे छ । यसका रोकथाम तथा नियन्त्रणमा स्थानीय तहले कुनै तयारी गरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसक्दा पनि त्यसका लागि स्थानीय तह माैन रहनु दुखकाे कुरा हाे ।
साधनकाे अभावमा स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण समेत गर्न सकेका छेनन् । कतिपय स्थानीय तह बजेट नभएकाे भन्दै पन्छिने गरेका छन् । उनीहरु बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताउँछन् । टीकापुर नगरपालिकामा पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । हाल साे नगरपालिकामा कोरोना परीक्षणको कामसमेत बन्द छ ।
नगरपालिकामा यही वैशाख १ गते १४ जना पिसिआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना संक्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गइसकेकाे छ । जनस्वास्थ्य प्रबर्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिएअनुसार गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा संक्रमण पुष्टि भएको बताइएकाे छ ।
प्रतिक्रिया