आइतबार, वैशाख १६, २०८१

बाँकेमा फुटबल गतिविधि अनिश्चित समयका लागि स्थगित

नेपालखोज २०७८ वैशाख १२ गते १४:५८
साँकेतिक तस्विर

काठमाडौं । कोरोनाको दोस्रो लहरका कारण बाँके जिल्लाको फुटबल गतिविधि अनिश्चित समयका लागि स्थगित गरिएको छ । जिल्ला फुटबल संघ बाँकेले आईतबार सुचना जारी गर्दै जिल्ला लिग र नकआउट फुटबल प्रतियोगिता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

बाँके जिल्ला फुटबल संघले बैशाख १८ गतेदेखि जिल्ला लिग तथा नकआउट फुटबल प्रतियोगिता गर्ने तयारी गरेको थियो । संघ फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोरोना संक्रमणलाई हेरेर हाल नेपालगञ्जमा निषेधाज्ञा समेत जारी भएको अवस्थामा फुटबल प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताए ।

कोरोनाको दोस्रो लहरबाट बाँकेको नेपागञ्ज प्रभावित छ । भारतबाट नेपाल आउने नाका रुपैडिया बाँकेमै छ । भारतमा बढ्दो संक्रमणबाट पार पाउन बाँके हुँदै नेपाल छिर्ने जनसंख्या धेरै छ । सोही कारण बाँकेमा संक्रमितको संख्या धेरै देखिएको छ । सरकारले बाँकेमा कोभिड–१९ का कारण निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया