२५ सय अंकमा झर्यो नेप्से
एकै दिन ७५ अंकले घट्दा सात अर्ब २८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से २५ सय अंकमा झरेको छ । यसअघि लगातार बढेर २७ सय अंकसम्म पुुगेको नेप्से साताको पहिलो कारोबार दिन आज आइतबार एकैदिन ७५ दशमलब ७९ अंकले घटेर २५ सय ७२ दशमलब २२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलब ५६ अंकले घटेर चार सय ६४ दसमलव पाँच अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १५ वटा कम्पनीहरुको एक लाख चार हजार ४० पटकको कारोबारमा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणामा सेयर किनबेच हुँदा आज कुल कारोबार रकम सात अर्ब २८ करोड ४१ लाख ९४ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाणिज्य बैंक समुहको सुचक ४२ दशमलब ६५ अंकले घटेर १७ सय ७६ दसमलव ३० अंकमा झरेकोमा जलविद्युत् समुहको सुचक पनि एक सय १२ दसमलव ४१ अंकले घटेर ३४ सय ६० दसमलव ५६ अंकमा झरेको छ ।
यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि चार सय ४० दसमलव ८७ अंकले घटेर १२ हजार सात सय ४३ दशमलब पाँच अंकमा झरेकोमा विकास बैंक, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समूहको सूचक पनि उच्च अंकले घटेका छन् ।
आज कुमारी बैंकको संस्थापक सेयरको मूल्य १० प्रतिशतले बढेर एक सय १४ रुपैयाँमाम कारोबार हुँदा चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने आठ दशमलव ४३ प्रतिसतले घटेर १९ सय ५५ रुपैयाँमा कारोवार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भने आज प्रतिकित्ता पाँच सय ४१ रुपैयाँ अन्तिम मूल्यमा ३९ करोड ५२ लाख ५२ हजार छ सय ६४ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएको कारोबार मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया