नेपाल पक्षकाे मुद्दा अदालतले हेर्न नभ्याउने भन्दै सारिदियाे

नेपालखोज २०७८ वैशाख १२ गते १६:२२


काठमाडौं ।   नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले कारबाही रोक्न दायर गरेको रिटकाे सुनुवाई  अदालतले सारिदिएकाे छ । 

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशमा रहेको पेशी हेर्न नभ्याउने भन्दै सुनुवाई एक दिन पछाडि सरिदिएको हो । 

बुधबार एमाले नेता नेपालसहितका चार नेताहरुले कारबाही रोक्न अन्तरिम आदेश माग गर्दै सामूहिक रिट निवेदन पेश गरिएकाे थियाे ।

उक्त मुद्दा अन्तरिम आदेशकाे ३०औं नम्बरको पेशीमा रहेको भए पनि समय नभएकाे भन्दै अदालतले पेशी सारिदिएकाे छ । 

facebook sharing button
twitter sharing button

प्रतिक्रिया