पत्रकार गिरफ्तारप्रति महासंघकाे ध्यानाकर्षण

काठमाडाैं । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
पाटन उच्च अदालतले समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको भएपनि कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र नभएर संबैधानीक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघले जनाएकाे छ ।
समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भएपनि त्यसलाई बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार भएकाे महासंघले जनाएकाे छ ।


प्रतिक्रिया