नेपालमा थपिए एकैदिन ३ हजार १२२ जना कोरोना संक्रमित
नेपालखोज
२०७८ वैशाख १२ गते १६:३३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरबाट ९ हजार २९२ जनाको पिसिआर र ७ सय ८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा र एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया