शुक्रबार, असार २०, २०८२

कोभिड संक्रमणको रोकथामका लागि बजेट खर्च गर्न सांसदहरुकाे माग

नेपालखोज २०७८ वैशाख १२ गते १७:१६

काठमाडौं । सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको कोभिड संक्रमणको रोकथाम नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरेका छन् । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको बताए ।


नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरुमा भयावह स्थिति आइसकेको बताए। सीमावर्ती जिल्लाहरुका स्वास्थ्यकर्मीहरुले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैले गरेका निर्णयहरु कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए।

यस्तै कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्माण गर्छ की गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिनुपर्ने बताए ।

प्रतिक्रिया